काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्ममा कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।
यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५९३ कित्ता शेयरको ६५।२० गुणा धेरै हो । लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ०।५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया