महामारीका बीच पनि  रेमिट्यान्स ९.८ प्रतिशतले वृद्धि

४ बर्ष अगाडि

कोरोना महामारीका बीच पनि नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु। ९६१ अर्ब ५ करोड पुगेको उल्लेख छ ।

त्यस्तै, २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु। १३९९ अर्ब ३ करोड (अमेरिकी डलर ११ अर्ब ७५ करोड) रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७र७८ को आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु तथा १०.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । 

२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१२ प्रतिशतले अधिमूल्यन भई प्रति अमेरिकी डलर खरिद दर रु.११९.०४ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया