अपि पावरको बाँडफाँडमा नपरेको सेयर बापतको रकम आइतबारदेखि फिर्ता हुने

४ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि साउन २० गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

बोलपत्रको अन्तिम मूल्य ४८१ रूपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा ४६ प्रतिशतका दरले बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, उक्त बाँडफाँडमा नपरेको सेयर बापतको रकम साउन ३१ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने पनि कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया