काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट ९ लाख ९५ हजार ५ सय ८८ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
यो सँगै अब महिला सहयात्राका शेयरधनीहरूको सेयर नेशनल माइक्रोफाइनान्सको नामबाट खातामा देखिनेछ ।
प्रतिक्रिया