ओलीलाई प्रश्नः विद्यालाई किन चाहियो हेलिकप्टर अध्यक्षज्यू ?

७ बर्ष अगाडि

काठमाडौँ – नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारका काम र पार्टीको विषयलाई लिएर नेतृत्वहरुलाई आलोचना र प्रश्न गर्ने क्रम घटेको छैन । 

बिहिबारको बैठकमा बोल्दै नेता अमृत बोहराले बजेट पछिनै सरकारबारे सकारात्मक प्रतिक्रिया नभएको बताए । 

‘बजेट आएपछिनै सरकार प्रति सकारात्मक टिप्पणीहरु आएका छैनन् । त्यसपछि पनि केहि गलत कदमले जनतामा सरकारप्रति अविश्वास पैदा भएको छ।’ नेता बोहराले भने, ‘दिगम्बर झा जस्तो भ्रष्टलाई नियुक्ति गरेपछि यो सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्नसक्छ भनेर जनताले कसरी विश्वास गरुन् ? यस्तै यस्तै कारणले जनताको सरकारप्रति विश्वास गुमेको छ ।’

त्यस्तै नेता बोहराले सरकारले राष्ट्रपतिलाई विवादमा ल्याउने काम रोक्न आग्रह गरेका छन् । सरकारले ‘राष्ट्रपतिलाई विवादमा ल्याउने काम बन्द गर्नुपर्यो । अहिलेनै उहाँलाई किन हेलिकम्पटर चाहियो ? अहिलेनै किन करोडका गाडि चाहियो ? नेताहरुको महाराजीय शैलीको अन्त्य गर्नुपर्यो ।’

नेता बोहराले सरकार र पार्टीका केहि नेता एशिया प्यासिफिक समिटको कार्यक्रममा सहभागि हुदाँ शीर निहुरेको बताए । ‘सरकारले एशिया प्यासिफिक समिटमा सहभागि भएर  गल्ती गर्यो । त्यो गल्तीको आत्मालोचना गर्नुपर्छ ।’
 

७ बर्ष अगाडि

प्रतिक्रिया