नेप्सेमा ३६ लाख ४२ हजार ९ सय कित्ता सेयर सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नबिल बैंक लिमिटेडको सेयर सूचीकृत भएको छ ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९ सय २१.२६ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

यो सँगै अब युनाइटेड फाइनान्सका शेयरधनीहरूको सेयर नबिल बैंकको नामबाट खातामा देखिनेछ । नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गते, आइतबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया