काठमाडौं, नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज (शुक्रबारु) अन्तिम दिन रहेको छ । साउन १९ गतेदेखि यो शेयर लिलामी खुला गरिएको हो । बैंकले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १४ सय ६३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस लिलामी सेयरमा एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
प्रतिक्रिया