अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

४ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले लिलामीमा विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।

कम्पनीले साउन २४ गतेदेखि २८ गतेसम्म २ लाख १५ हजार ५९९ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो । कम्पनीले यसअघि साउन १३ गतेदेखि २० गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको हकप्रद शेयर बिक्रिमा ल्याएको हो । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कम्पनीले साउन २४ गते बाँडफाँट गरेको हो । बोलपत्रको अन्तिम मूल्य रू। ४८१ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा ४६ प्रतिशतका दरले बाँडफाँट गरिएको समेत कम्पनीले जानकारी दिएको छ । 

उक्त बाँडफाँटमा नपरेको शेयर बापतको शेयर साउन ३१ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने जानकारी कम्पनीले दिएको छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया