एजेन्सी- स्पेनिस ला लिगा फुटबल आजबाट सुरु हुँदैछ । सन् २०२१-०२२ को सिजन आजबाट सुरु हुन लागेको हो ।
सिजनको पहिलो खेल आज राति १२ः४५ मा भ्यालेन्सिया र गेटाफे भिड्दैछन् । तर, नयाँ सिजनमा ला लिगा पहिलेको जस्तो भने हुने छैन । किनकी बार्सिलोनाका कप्तान तथा सुपरस्टारले क्लब छोडिसकेका छन् ।
उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीं) मा अनुबन्धित भइसकेका छन् । उनी मात्रै होइन अर्को बलियो क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले समेत क्लब छोडेका छन् ।
उनी पनि पीएसजीमा अनुबन्धित भएका छन् । ला लिगाका अधिकांश क्लबहरु आर्थिक संकटबाट गुज्रिएका छन् । अधिकांस क्लब नयाँ आर्थिक स्रोत खोज्न ब्यस्त रहेको छ ।
प्रतिक्रिया