आज नेप्सेमा दुई कम्पनीको इकाई मूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई कम्पनीको इकाई मूल्य समायोजन भएको छ । एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ को इकाई मूल्य समायोजन भएको हो । 

समायोजन पछि एनआईबिएल प्रगति फण्डको इकाई मूल्य १४ रुपैयाँ ५ पैसा  र एनआईबिएल समृद्धि फण्ड १ को इकाईमूल्य १३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । एनआईबिएल प्रगति फण्डको हिजोको कारोबारको अन्तिम मूल्य १९ रुपैयाँ ५ पैसा र एनआईबिएल समृद्धि फण्ड १ को अन्तिम मूल्य १६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरिएको हो । 

दुवै फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि आज साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले, साउन २८ गते, बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया