महिला क्रिकेट टोलीको प्रशिक्षणमा ४२ खेलाडी सहभागी

७ बर्ष अगाडि


काठमाडौं – थाइल्याण्डमा हुने ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण बुधबारबाट काठमाडौंमा सुरु भएको छ । बिनोद दासको प्रशिक्षणमा ७ प्रदेश र तीन बिभागीय टोलीका ४२ खेलाडी सहभागी छन् ।

महिला टोलीले मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेका छन् । राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीले ६ दिनमा टोली घोषणा गर्ने गरी छनोट खेलहरु भइरहेको बताइन् । पुस २८ गतेबाट हुने थाइल्याण्ड वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताको खेल तालिका पहिले नै सार्वजनिक भइसके पनि नेपाली टोलीले बुधबारबाट मात्र प्रशिक्षण सुरु गरेको हो ।

थाइल्याण्ड क्रिकेट संघको आयोजनामा हुन लागेको ट्वान्टी–२० क्रिकेटपछि महिला टोलीले चैतमा थाइल्याण्डमै आइसीसी महिला बिश्वकप छनोट प्रतियोगितामा पनि सहभागिता जनाउनेछ । ट्वान्टी –२० क्रिकेटमा नेपालले पहिलो खेल पुष २८ गते तान्जेनिया, ३० गते नामिबिया, माघ २ गते इन्डोनेसिया र माघ ३ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ । 

७ बर्ष अगाडि

प्रतिक्रिया