काठमाडौं, आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गर्ने खालमा प्राकृतिक विपत्तीको समयमा धितोपत्र बजारमा भने निकै उत्साह आउने गरेको देखिन्छ । आर्थिक गतिविधि रोकिएको समयमा सबै क्षेत्रले शेयर बजारलाई नै ताक्ने भएकाले पनि यस्तो प्रवृद्धि देखिएको हो ।
कोरोना माहामारीका कारण सम्पूर्ण आर्थिक गतिविधि अस्तव्यस्त छन् । यो समयमा कुनै पनि व्यक्ति वा संस्थाको सम्पत्ती बढेको छ भने त्यसको एक मात्र कारण शेयर बजारको लगानी मात्र लिन सकिन्छ । कोरोनाले करिब २ वर्षसम्म आर्थिक गतिविधि ठप्प भएपनि पूँजी निर्माण हुने अवस्था छैन् । तर, धितोपत्र बजारले मात्र निरन्तर रुपमा पूँजी निर्माण गरीरहेको हुनाले पनि बजार निरन्तर सुधारको गतिमा रहेको विश्लेषहरुको भनाई छ ।
शेयर बजारमा सूचिकृत केही कम्पनीको शेयर मूल्यमा आएको अस्वभाविक सुधार तथा उच्च चलखेलका कारण जोखिम आँकलन गर्न नसकीने अवस्थामा पुगेको विश्लेषकले बताएका छन् । बजारमा सामान्य भन्दा सामान्य विषयलाई घटना क्रमका आधारमा पनि शेयर मूल्य प्रभावित पार्ने काम हुन थालेकाले जोखिम उच्च बढेको छ ।
बजार निरन्तर बढेर नयाँ उचाइ बनाएसंगै प्रचार प्रसार पनि बढी भएको छ । त्यसले गर्दा धितोपत्र बजारमा लगानी गरे पैसा आउँछ भन्ने सुनेका आधारमा मात्र लगानी गर्नेको संख्या पनि उत्तिकै बढ्दै गएको हुनाले कम्पनी छनोट गरेर भन्दा पनि शेयर भन्ने भएपनि खरिद गर्ने गरेको देखिन्छ । यसले बजारमा झनै ठुलो दुर्घटना ल्याउने जोखिम हुन्छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गरेर मात्र नभै आफैले पनि पोर्टफोलियो बनाएको कारणले पनि धितोपत्र बजारमा धेरै पैसा आएको छ । लगानीका अन्य विकल्प नहुँदा सबै क्षेत्रको पैसा धितोपत्र बजारमा केन्द्रित भएको हुनाले पनि नेप्सेमा दैनिक १७ देखि २० अर्ब रुपैयाँ बरावरको शेयर खरिद बिक्री हुन थालेको छ । संस्थागत लगानीकर्ताहरुले जोखिम विश्लेषण गरीराख्ने भएकाले उपयुक्त समयमा बाहिरिन्छन ।
तर, हल्लाका भरमा पैसा दोब्बर बनाउने लोभसहित बजारमा आएका लगानीकर्ताले बजारको गति र जोखिमको विषयमा ध्यान नपु¥याउदा अन्तिममा फस्ने उनीहरु हुन्छन । त्यसैले कम्पनी छनोट गरेर बजारको उपयुक्त अध्ययन गरेर लगानी गर्नु पर्ने विज्ञहरु सुझाउँछन ।
पछिल्लो समयमा धितोपत्र बजारबाट जग्गा तर्फ पूँजी सिफ्ट हुन थालेको देखिन्छ । त्यसले गर्दा पनि बैंक वित्तीय संस्थामा निक्षेप घट्न थालेको छ । त्यतीमात्र नभै लकडाउन खुकुलो भएको हुनाले अनौपचारिक अर्थतन्त्र पनि सक्रिय हुन थालेपछि रेमिट्यान्सको आप्रबाहमा पनि कमी आएको देखिन्छ । यसले पनि बैकिङ प्रणालीमा तरलता कसिलो हुने देखिन्छ । बैंकिङ प्रणालीमा तरलता कसीलो अवस्थामा जानु भनेको त्यसको प्रत्यक्ष असर धितोपत्र बजारमा पर्ने बस्यालको भनाई छ । अर्थतन्त्रका गतिविधिलाई असर गर्ने खालका विपत्तीमा बैैंकिङ प्रणालीमा तरलता बढ्ने तथा अनौपचारीक अर्थतन्त्र सुस्त हुने भएपछि धितोपत्र बजारमा लगानी बढ्न जाने भएकाले बजारमा उत्साह देखिने हुन्छ । अहिले पनि कारोबारका कारण धितोपत्र बजार सकारात्मक भएको हो ।
प्रतिक्रिया