ऋणपत्र निष्कासनको अनुमति माग्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड, कुनको ब्याजदर कति ?

४ बर्ष अगाडि

काठमाडौं,  दुई कम्पनी ऋणपत्र निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २० गते निवेदन बोर्डमा दिएको हो । 

कम्पनीले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी, एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २४ गते बोर्डमा निवेदन दिएको हो । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ । 

बैंकले ४ प्रतिशत ब्याजदरमा आगामी १५ वर्ष सम्मको लागि इनर्जी बोण्ड निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया