काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले स्थानीयतहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुप कै नीति तय गर्नुपर्ने बताउनु भएको छ ।
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“अहिले शिक्षाको नीतिनियमबनाउने कुरा प्रदेश र स्थानीयतहलाई पनि दिइएको छ तर यीनिकायले पनि राष्ट्रिय शिक्षानीतिको अनुसरण गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताउनुभएको छ । “यस बर्ष हामीले कर्णालीबाट विद्यालयभर्ना अभियान सुरु ग¥यौं ”प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी बर्ष भित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुदैन् । ”
नेपालीहरु विद्ध्वान पूर्खाका सन्तानभएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुचीअनुसारको अध्ययनगर्ने अवसर नपांउदा पछि परेको बताउनुभएको छ ।
अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रष्फुरण गर्न नसकेको प्रधानमन्त्रीओलीको भनाइ छ । “महंगो शुल्कलिएर पढाइ रहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “विद्यार्थीको रुचीअनुसारको विषयतपाईंको विद्यालयमा पढाइ हुदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस ।”
नेपाललाई विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिक्रिया