सर्वोत्तमको शेयर खरिद प्रकरण बुझ्न अर्थ समितिले बोलायाे सेबोनकाअध्यक्ष र नेप्सेका सीईओ

४ बर्ष अगाडि

काठमाडौं, सर्वोत्तम सिमेन्टको खरिद प्रकरणको बारेमा बुझ्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई अर्थ समितिले बोलाएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र चन्द्र साउदले कानून विपरित सर्वोत्तम सिमेन्टको शेयर खरिदमा संलग्न भएको विषयमा अहिले छानबिन भइरहेको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वोत्तमको शेयर खरिद प्रकरणको विषयमा अनुसन्धान गरिरहेको छ । 

सर्वोत्तमले शेयर निष्कासनको प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा यो कम्पनीको शेयर किनेका हुन्। सर्वोत्तम सिमेन्ट लिमिटेडको पछिल्लो शेयरवाला दर्ता किताबका अनुसार, रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मका ११ हजार ९१२ कित्ता शेयर छन्। 

२१ पुस २०७६ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भीष्म ढुंगानाले सर्वोत्तमले बुक बिल्डिङको प्रक्रिया शुरू गरिसकेपछि पारिवारिक सदस्यका नाममा शेयर किनेको देखिएको छ। कम्पनीमा ढुंगानासहितका व्यक्तिलाई शेयर हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए। (अर्थसञ्चार)

४ बर्ष अगाडि

प्रतिक्रिया