कारोबारमा आएको ११ दिनमै जीवन विकास लघुवित्तको शेयरमुल्य २५ सय नजिक, कति सम्म पुग्ला शेयरमुल्य ?

४ बर्ष अगाडि

काठमाडौं, साउन १४ गतेदेखि दोस्रो बजारमा कारोबार प्रारम्भ भएको जीवन विकास लघुवित्तका लगानीकर्ताहरु २ हप्तामै मालामाल भएका छन् । 

कम्पनीको आजसहित ११ दिन दोस्रो बजारमा कारोबार भएको छ । कुल ११ दिन दोस्रोबजार कारोबार भएकोमा ७ दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

कारोबारको पहिलो दिनमा ९१४ रुपैयाँमा कारोबार प्रारम्भ भएको कम्पनीको शेयरमूल्य आजसम्म आईपुग्दा २ हजार ४ सय २५ रुपैयाँ पुगेको छ । एक महिनाअघि यो कम्पनीको १००० रुपैयाँमा १० कित्ता आईपीओ पाउने लगानीकर्ताहरुले अहिले २३ हजार रुपैयाँ भन्दा बढी आम्दानी कमाइसकेका छन् । अझै बजारमा कम्पनीको शेयरको माग हेर्दा कम्पनीको शेयर मूल्य वृद्धि हुने अनुमान लगाउन सकिन्छ । 

 हालै कम्पनीले जारी गरेको अघिल्लो आर्थिक वर्षको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

केहि महिना अघि आईपीओ जारी गरेको महिला लघुवित्त संस्थाको शेयर मूल्य करिब ६ हजारको आसपासमा पुगेको हुनाले पनि लगानीकर्ताहरु यो कम्पनीको शेयर मूल्य त्यसैको हारहारीमा पुग्न सक्ने अनुमानले यो कम्पनीको शेयर बेच्न तयार देखिँदैनन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया