काठमाडौं, पोखरामा तास खेलिरहेको अवस्थमा १३ जना पक्राउ परेका छन् । पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका १० उत्तम चोकमा भाडामा बस्दै आएकी सरु गुरुङले घर भाडामा लिएर तास खेलाइरहेको अवस्थामा १३ जनालाई साढे ३ लाख रुपैया नगदसहित वडा प्रहरी कार्यालय राम बजारको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया