पाँचथर पावरको नाफा ६०.७० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं , पाँचथर पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ६०.७० प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यसैअवधिमा पाँचथर पावर ९ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा घटेको हो । 
 
यसअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३१ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट ३९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोष भने ४ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९३ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ २५ पैसा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया