बाइक किन्दा ३ जना १ लाख १० हजार उपहार

४ बर्ष अगाडि

इटालीयन कम्पनी बेनेलीको ११०औं वार्षिकोत्सवका अवसरमा मोटरसाइकल खरिदमा भारी छुट अफर ल्याएको छ।  कम्पनीको नेपालमा आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले उक्त अफर सार्वजनिक गरेको हो। 

कम्पनीले नेपालमा ७५२एसको खरिदमा पहिलो तीन जना ग्राहकलाई एक लाख १० हजार रुपैयाँ आकर्षक छुट दिएको हो। यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिने कम्पनीले जनाएको छ। यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराइनेछ ।

गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाईन भएको बेनेली ७५२एस धेरैको रोजाइ बन्ने कम्पनीको आशा छ। यसको बलियो ट्युब, फ्रेम र स्टिलको प्लेटको आकार दिएको छ। चारवटा स्ट्रोकको ७५०सीसी लिक्विड कुल्ड ट्विन सिलिन्डरको इन्जिन, ७६ एचपीमा ८५आरपीएम र ६७एनएममा ६५०० आरपीएम पावर र म्याक्सिमम टर्क जडान गरिएको छ। 

स्थिरता र अटुट विश्वासका यसको अनुभूति गर्न सकिने कम्पनीले जनाएको छ। प्रत्येक सिलिन्डरमा चारवटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रोटल बडी रहेको छ। 

यसैगरी, हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ सिस्टम, सेमिफ्लटिङ डिस्क, अगाडि फोर पिस्टन क्यालिपर र पछाडि डबल पिस्टन फ्लटिङ क्यालिपर रहेको बाइकमा १७ इन्चको आल्मुनियम अलोय रिम्स, १२०÷७०–१७ र १८/५५–१७ आकारको टायर छ। 

मोटरसाइकलमा १४।५ लिटर क्षमताको इन्धन ट्यांकी छ। नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२एसको उत्कृष्ट डिजाइनका साथ २०७७ चैत २५ गते बेनेली शोरुम नक्सालमा उद्घाटन भएको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया