हरेक दिन नयाँ कीर्तिमानीतर्फ लम्किदैं शेयर बजार, कारोबार रकम साढे १७ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) फेरि नयाँ रेकर्ड बनाएको छ । शेयर बजारले आज फेरि अल टाइम हाइ रेकर्ड बनेको छ । पछिल्लो समय नेपाली शेयर बजार नयाँ कीर्तिमानीतर्फ लम्किरहेको छ ।

 बिहीबार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ विन्दुमा पुगेको छ । नेप्से ०.५२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.४६ अंकले बढेर ५९१.१६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । कूल २२५ वटा कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका १३ उपसमूहमा ७ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंकको सूचक बढेको छ । विकास बैंक र फाइनान्सलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउन लागेकाले यसतर्फ लगानीकर्ताको आकर्षण बढेको जानकारहरू बताउँछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया