बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १६ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि दोस्रो बजारमा कारोबार हुने छ ।

कम्पनीले २०७७ मंसिर २४ गतेदेखि २८ गतेसम्म निष्कासन १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा २०८६ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया