मध्य भोटेकोशीको आईपीओमा २.८२ गुणा बढी आवेदन,सोमबारसम्म दिन सकिने आवेदन

४ बर्ष अगाडि

काठमाडौं, मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  हालसम्ममा ८४ हजार ६८८ जनाले आवेदन दिएका छन् ।
 
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधवारसम्ममा ८४ हजार ६८८ जनाले १ करोड ६९ लाख ७५ हजार ८७५ कित्ताका लागि आवेदन परेको  हो । यो मागभन्दा २.८२ गुणा बढी हो ।

कम्पनीले साउन ५ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ । 
 
यसमा साउन ३२ गतेसम्म सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ । यसको अलावा इ सेवा र आइएमई पेको अनलाइन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाबट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया