काठमाडौं - साओमीले आफ्नो पहिलो फोन खरिद गर्ने प्रयोगकर्तालाई पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले मी १ प्री–अर्डर गरी खरिद गर्नेलाई मोबाइलको मूल्य बराबर रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
साओमीको पहिलो फोन ‘मि १’ सन् २०११ मा चिनियाँ बजारमा सार्वजनिक भएको थियो । वानप्लसले जस्तै कम्पनीले आफ्नो ल्यान्डमार्क स्मार्टफोन सस्तो मूल्यमा सार्वजनिक गर्दै बजारमा प्रवेश गरेको थियो ।
यसरी विश्व स्मार्टफोन बजारमा भित्रिएको साओमीले फोन खरिद गर्ने प्रयोगकर्तालाई पैसा फिर्ता गर्ने भएको हो । साओमीका अनुसार त्यसबेला कुल एक लाख ८४ हजार ६ सय मोबाइल सेट बिक्री भएको थियो । जसको मूल्य ३०८ डलर रहेको थियो ।
त्यो हुँदा कम्पनीले अब झण्डै ५७ मिलियन डलर अर्थात ६ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया