एजेन्सी - ह्याकरहरुले विकेन्द्रिकृत आर्थिक प्लेटफर्म पोली नेटवर्कबाट ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरी गरेका छन् । यस उद्योगमा भएको यो हालसम्मकै सबैभन्दा ठूलो चोरी हो ।
पोली नेटवर्कले उक्त रकम फिर्ता गर्न ह्याकरहरुलाई आग्रह गरेको छ । ह्याकरलाई ट्वीटरमा लेखेको पत्रमा पोली नेटवर्कले भनेको छ, ‘तिमीहरुले ह्याक गरेको रकम विकेन्द्रित वित्तको इतिहासमै सबैभन्दा ठूलो ह्याकिङ हो । कुनैप्नि मुलुकको कानून कार्यान्वयन निकायले यसलाई प्रमुख आर्थिक अपराधको रुपमा लिनेछ र तिमीहरुलाई कानूनी दायरामा ल्याउनेछ । तिमीहरुले चोरी गरेको रकम दशौँ हजार क्रिप्टो समुदायका सदस्यहरु अर्थात् दशौँ हजार आम मानिसहरुको हो ।’
पोली नेटवर्कका अनुसार ह्याकरहरुले कन्ट्रयाक्ट कल्समा रहेको समस्याको फाइदा उठाउँदै क्रिप्टो प्रणाली ह्याक गरेका थिए । रिपोर्ट अनुसार ह्याकरहरुले २६ करोड ७० लाख इथर, २५ करोड २० लाख बाइनान्स क्वाइन्स तथा साढे ८ करोड युएसडिसी टोकन ह्याक गरेका हुन् ।
प्रतिक्रिया