प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम मौका

४ बर्ष अगाडि

काठमाडौं, प्रभु बैंक लिमिटेडको संस्थापक लिलामी शेयरमा आवेदन दिने भोलि(शुक्रवार)  अन्तिम दिन रहेको छ । 

कम्पनीले साउन १५ गतेदेखि २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर  लिलामी ल्याएको हो । 

उक्त शेयरको न्यूनतम मूल्य रू. २१० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । संस्थापक शेयर खरीद गर्न इच्छुके न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो । 

शुक्रवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र साउन ३१ गते बिहान १० बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा बोलपत्र खाल्ने पनि जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया