मेलम्ची आयोजना सुचारु गर्न सिएमसीसङ्ग सरकारले थाल्यो वार्ता

७ बर्ष अगाडि

काठमाडौं–मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भाग्न खोज्ने इटालियन कम्पनी सिएमसीबारे अब के गर्ने भन्नेबारे छलफल भइरहेको खानेपानी मन्त्री बिना मगरले जानकारी गराएकी छन् । 

बिहीवार संसदको अर्थ समितिमा बोल्दै मन्त्री मगरले आजै पनि कम्पनीसँग दोस्रो चरणमा छलफल भएको जानकारी दिइन् ।

 काम नसकी इटाली भाग्न खोज्ने कम्पनीसँग संयमित भएर छलफल गरिरहेको उनको भनाई छ । 

साथै कम्पनीले नेपालका दुई बैकमा राखेको झन्डै ३ अर्ब रुपैयाँ धरौटी जफत गर्नका लागि पत्र पठाइएको पनि उनले जानकारी दिइन् । 

सिएमसीको इटालीमा रहेको मुख्यालय टाट पल्टिएपछि उनीहरु भागेर जान लागेकाले कम्पनीको मेनेजरसहितका अधिकारीलाई रोकिएको मन्त्री मगरले जानकारी गराइन् । 

यस्तै खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले जुलाई २०१३ मा सिएमसीसँग  ७ अर्ब ७२ करोड मा ३ वर्षमा काम सक्ने गरि सम्झौता भएको जानकारी दिँदै हालसम्म ८ अरब ३६ करोड १२ लाख भुक्तानी दिएको बताए । 

ठाकुरले ठेकेदारको ३ अर्ब ५० करोड रकम सरकारको हातमा रहेको भन्दै कम्पनीले छोडे पनि सरकारलाई घाटा नलाग्ने बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया