काठमाडौं, साताको अन्तिम(बिहीवार) बजार खुलेको साढे १ घण्टाको अवधिमा कामना सेवा विकास बैंकको ७ लाख ६३ हजार २१६ कित्ता शेयर खरिद बिक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. ५३ करोड २६ लाख ५० हजार बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य यो समचार तयार पर्दा सम्ममा रू. ७१२ मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
मार्केट डेप्थमा कम्पनीको २ लाख १ हजार ६११ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग २७४ कित्ता रहेको छ ।
प्रतिक्रिया