बेनेली ७५२s को खरिदमा पहिलो तीन ग्राहकलाई एक लाख १० हजार छुट

४ बर्ष अगाडि

काठमाडौं - इटालीयन लेगेसी बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सवको अवसरमा नेपालमा ७५२s को खरिदमा पहिलो तीन जना ग्राहकलाई आकर्षक छुट दिने भएको छ । कम्पनीले रु एक लाख १० हजार छुट दिने भएको हो । 

छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिने कम्पनीले जनाएको छ । मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराईनेछ ।

बेनेली इटालीयन ब्राण्डको प्रख्यात मोटरसाइकल कम्पनी हो । सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बनेको छ । यी मोटरसाइृकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि आरामदायीको अनुभूती गरेको पाईन्छ । 

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लि. नेपालको एक मात्र आधिकारीक बिक्रेता  रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई विक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको  छ ।

त्यसैगरी नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२s को उत्कृष्ट डिजाइनका साथ मिति २०७७ साल चैत्र २५ गते बेनेली शोरुम नक्सालमा उद्घाटन भएको थियो । सधैझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गरिएको हुँदा एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने छ ।

बेनेली ७५२s को सिरीजको पुर्नस्थापना गरे पश्चात यो मोटरसाइकल उच्चस्थरका भन्दा मध्यम स्तरीय मोटरसाइकल हो । जसमा बलियो, नेकड, ग्यारेन्टी, विश्वासका साथ आनन्द लिन सकिने भएको छ ।

गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाईन भएको बेनेली ७५२क धेरैको रोजाई बन्ने पक्का छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया