काठमाडौं - निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसीको अभिनय रहने भएको छ । फिल्म अभिनयको विषयमा निर्माण युनिटले भुवनसँग हालै सम्झौता गरेको छ ।
निषेधाज्ञाका कारण छायाँकन अगाडि बढ्न नसकेको फिल्मको भदौ ५ बाट छायांकन सुरु हुँदैछ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिने निर्माण युनिटले जनाएको छ । भुवनको अलवा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेलको अभिनय रहने फिल्मको छायाँकन अवधि ६० दिन राखिएको छ ।
करिब १६ वर्षपछि भुवन र शिवले यसै फिल्ममार्फत सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले वि।सं। २०६२ सालमा फिल्म ‘राजु राजा राम’मा सँगै काम गरेका थिए । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता नवराज गिरी हुन् ।
प्रतिक्रिया