नेपाल,अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजको मिति तय

४ बर्ष अगाडि

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने भनिएको अन्तराष्ट्रिय एकदिवसीय त्रिकोणात्मक सिरिजको मिति तय भएको छ।

नेपाल, अमेरिका र ओमानबीचको अन्तराष्ट्रिय एकदिवसीय त्रिकोणात्मक सिरिज आगामी भदौ २८ गते  देखि असोज ४ गते (सेप्टेम्बर १३–२०) सम्म हने भएको हो। 

ओमनमा आयोजना हुने यस सिरिजको मिति टाइम्स अफ ओमानले सार्वजनिक गरेको हो।

नेपालले विश्वकप लिग–२ अन्तर्गत गत वर्ष नै ओमान र अमेरिका सँग ४ एकदिवसीय खेल खेलिसकेको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग–२ मा ७ टोली सहभागी रहेका छन्। सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया