अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा विद्युतीय राहदानी

४ बर्ष अगाडि

काठमाडौं - आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ ।

आउँदो  अक्टोबरको  अन्तिम  सातादेखि  तीन  महिनाको  परीक्षणकाल  सुरु  गर्ने  योजना  विभागले  अघि  सारेको जनाइएको छ । परीक्षणकाल  सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि  विद्युतीय राहदानी  प्रचलनमा ल्याउने तयारी छ ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रेन्च कम्पनी फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस कम्पनीसँग सम्झौता गरेर  विद्युतीय  राहदानी  उत्पादनको  कामलाई  तीव्रता  दिइएको  विभागले जनाएको छ । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानी निर्माणका लागि भएको थियो ।

पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी छापिने बताइएको छ । नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिइसकेकाले पनि  अब  छपाइ  हुने  औपचारिकतामात्र  बाँकी  रहेको छ । जसको प्रिन्ट भने नेपालमै गर्ने गरी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया