बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिग जितेका मेस्सीको पिएसजीलाई उपाधि दिलाउने सपना

४ बर्ष अगाडि

एजेन्सी - भर्खरै फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा आवद्ध भएका लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने सपना रहेको बताएका छन् । यो पटक पिएसजीबाट त्यो चाहना पूरा गर्ने उनले बताएका हुन् ।

अनुबन्धनको औपचारिक घोषणा समारोहमा बुधबार मेस्सीले भने, ‘मलाई लाग्छ च्याम्पियन्स लिग जित्ने टिम हामीसँग यहाँ ९पिएसजी० छ ।’ ३४ वर्षका मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले पछिल्लोपटक सन् २०१५ मा उपाधि जितेका थिए ।

तर, पिएसजीले भने अझैसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सन् २०२० मा पिएसजी फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको थियो । मेस्सीले भनेका छन्, ‘मेरो लक्ष्य र सपना भनेको फेरि एकपटक च्याम्पियन्स लिग जित्नु हो ।’

१३ वर्षको हुँदा आवद्ध भएको बार्सिलोना २१ वर्षपछि छोडेका मेस्सी अब पिएसजीका खेलाडी भएका छन् । उनले पिएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया