ङादी ग्रुपको नाफामा उछाल, सेयर बजारमा सेयर मूल्य निरन्तर उकालो

४ बर्ष अगाडि

काठमाडौं - सेयर बजारमा निरन्तर सेयर मूल्य बढिरहेको ङादी ग्रुप पापर लिमिटेडको खुद नाफा १२ करोड २७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नाफा ५ करोड ८३ लाख ९१ हजार रुपैयाँमा सिमित थियो । समिक्षा अवधिमा कम्पनीको नाफा ११०.२६ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी र अन्य स्रोतको आम्दानी ५८।९९ प्रतिशतले बढेर २१ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको यस्ताृ आम्दानी १३ करोड ७८ लाख ५८ हजार रुपैयाँमा सिमित थियो ।

हाल चुक्ता पुँजी  ५८ करोड ९१ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चित छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ९५.६१ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिक० २० रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.३५ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया