रैराङ हाइड्रोपावरको खुद नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७५.७६ प्रतिशत बढी हो । विद्युत बिक्री आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्दा कम्पनीको नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.९८ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी ३८.६७ प्रतिशत बढेको छ भने कुल गैर सञ्चालन खर्च ३.०६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ५००.४५ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ३२ पैसा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया