काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड १ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २४७.७९ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी २४७।६६ प्रतिशत बढेको छ भने कुल खर्च १५.६२ प्रतिशत बढेको छ ।
२०७६ फागुन ५ गतेदेखि यस कम्पनीले निर्माण गरेको घलेम्दी खोला जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन थालेको थियो। तर, दाना सव–स्टेशनको निर्माण कार्यमा भएको ढिलाई का कारण कुल क्षमताको करिब २० प्रतिशत क्षमतामा आयोजना सञ्चालन गर्नुपरेको थियो ।
२०७७ माघ १७ मा कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजना अन्तर्गतको दाना सब–स्टेशनको निर्माण कार्य सम्पन्न भई यस आयोजनाले उत्पादन गरेको सम्पूर्ण विद्युत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरेको छ ।
प्रतिक्रिया