यूएईद्धारा आवासीय भिसा थप, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - यात्रा प्रतिवन्धका कारण विदेशमा रोकिएका आवासीय भिसावाहकहरुलाई यूएईले भिसा अवधि थप गरिदिने भएको छ । खालिज टाइम्सका अनुसार यूएईले आगामी डिसेम्बर ९ तारिख सम्मका लागि स्वचालित ‘अटोमेटिक’ रुपमा भिसा थप गर्ने भएको हो । 

यूएईले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै अन्तर्राष्ट्रिय उडान रोकेपछि भारत लगायतका देशमा यूएईको आवासीय भिसा लिएका धेरै व्यक्ति रहेका छन् । रेसिडेन्ट भिसावाहक ६ महिनाभन्दा बढी समय विदेशमा बसेको भएपनि बिना शुल्क आफ्नो भिसा अपडेट गराएर युएई जान पाउने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया