पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा संक्रमण, मृतक र निको हुने कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट ५ हजार ७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टिजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् भने थप ३० जनाको मृत्यु भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया