काठमाडौं, अभिनेत्री ज्याकलिन फर्नान्डिजको ११ अगष्ट (आज) जन्मदिन हो । उनी आजबाट ३६ वर्ष लागेकी छन् । उनको जन्म १९८५ मा बहराइनमा भएको थियो ।मिस युनिभर्स श्रीलंका समेत रहेकी ज्याकलिनले २००९ मा बलिउड डेब्यु गरेकी हुन् ।
२००९ मा एक मोडलिङमा कन्फम गर्न भारत छिरेकी उनले सोही समय निर्देशक सुजोय घोषको फिल्म ‘अलादीन’का लागि अडिसनबाट छानिइन् । यो उनको अभिनयको पहिलो पाइला थियो । फिल्ममा ज्याकलिनको आयोजित भूमिकामा रितेश देशमुख रहेका थिए भने त्यसमा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको थियो । बलिउड काम गर्न उनले हिन्दी सिकेकी थिइन् ।
ज्याकलिनको पहिलो हिट फिल्म ‘मर्डर २’ थियो । यो फिल्मपछि बलिउडमा चर्चित भएकी उनी ‘हाउसफुल २’, ‘रेश ३’ र २०१४ मा सलमान खानको साथ ‘किक’ मा देखिएकी थिइन् । सलमान खानले उनलाई बान्द्रामा फ्ल्याट समेत गिफ्ट गरेका थिए ।
फिल्म अभिनय बाहेक उनी रियालिटी शो ‘झलक दिखला जा’ को नवौं सिजनमा जर्ज बनेकी उनी पछिल्लो दिनहरुमा भने संगीत एल्बममा काम गरिरहेकी छन् ।
प्रतिक्रिया