सरकारलाई स्पष्टिकरण नदिने भन्दै रेल्वे कम्पनीका महाप्रबन्धकले दिए राजीनामा

४ बर्ष अगाडि

 नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले बुधबार पदबाट राजीनामा दिएका हुन् । 

भट्टराइले आफ्नो राजीनामा पत्रमा गठबन्धन सरकार र तिनका नेताहरुले पदीय जिम्मेवारीभन्दा बाहिर गएर असान्दर्भिक विषय जोड्दै मौलिक हक र वाकस्वतन्त्रता कुण्ठित गर्ने ढंगले आफुलाई सफाइ पेश गर्न निर्देशन दिएकाले राजीनामा गरेको बताएका छन् । 

सरकारले स्पष्टिकरण सोधेपछि स्पष्टिकरण नदिने भन्दै पत्रकार सम्मेलन गरेका उनले आज राजीनामा दिएका हुन् । 

उनले ‘पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले राजीनामा दिएको हुँ’ भनेका छन् । 

देउवा नेतृत्वको सरकारले भट्टराईलाई गत साउन १९ गते स्पष्टिकरण सोधेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया