गंगटे सरकारको मातहतमा नबस्ने भन्दै रेलवे कम्पनीका महाप्रवन्धकले दिए राजीनामा

४ बर्ष अगाडि

काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । सरकारले आफूलाई बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै भट्टराईले राजीनामा घोषणा गरेका हुन् ।

उनले सरकारले सोधेको स्पष्टीकरणको जवाफ नदिई राजीनामाको षणा गरेका हुन् । पदमा रहँदा सामाजिक सञ्जालमा केपी ओली समूहबाहेकका सबै राजनीतिक दलका शिर्ष नेतृत्वलाई अपाच्य गालीगलौज गर्ने भट्टराईले राजीनामा पत्रमा सरकारको चर्को आलोचना गरेका छन् ।

 ‘...गंगटे सरकारले गर्ने जनबिरोधी कामहरुको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मूलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजैका मितिदेखि लागूहुनेगरी नेपाल रेलवे कम्पनीको महाप्रवन्धक पदबाट राजीनामा दिएको छु’, उनले राजीनामा पत्रमा लेखेका छन् । 

उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले स्पष्टिकरण सोधेको भन्दै क्रुद्ध बनेका छन् । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने समेत राजनीनामामा लेखेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया