काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) पनि नेपाल स्टक एक्सेन्च(नेप्से)ले अल टाइम हाइ रेकर्ड बनेको छ । नेप्से परिसूचकले यसअघिको नयाँ रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
हिजो मंगलबार नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेको थियो । बुधबार नेप्से परिसूचक ३१६२.४० विन्दुमा पुगेको छ । इन्ट्रा डे कारोबारमा भने नेप्से ३१९७ विन्दुमा पुगीसकेको छ ।
कुल २३० वटा कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता शेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमा ८ वटा उपसमूहको सेयर घटेको छ । बाँकी ५ वटा उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावरको सूचक बढेको छ ।
बुधबार ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावर छन् ।
प्रतिक्रिया