१ थान चितुवाको छालासहित दुई जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - चितुवाको छालासहित दुई जनालाई पक्राउ परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित कुसुम खोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका घर भएका ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मिया रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरेको छ ।

मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरुको साथमा चितुवाको छाला फेला परेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया