दृष्टिविहीन अनलाइन शिक्षाबाट वञ्चित

४ बर्ष अगाडि

झापाका २६ जना दृष्टिविहीन विद्यार्थी इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन  शिक्षाबाट वञ्चित भएका छन् । 

नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले २६ जना दृष्टिविहीन विद्यार्थी अनलाइन शिक्षाबाट वञ्चित भएको, खाद्यान्न, सेतो छडी, ह्वील चियर, श्रवणयन्त्र, लत्ताकपडा, जुत्तालगायतको अभाव रहेको बताए ।

जिल्लामा हालसम्म तीन जना दृष्टिविहीन कोभिड– १९ बाट सङ्क्रमित भइसकेको र अपाङ्गता भएकाहरुले मनोसामाजिक परामर्श नपाएको नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले बताए ।

सडकपेटीमा गीत सुनाएर जीवन निर्वाह गर्दै आएका दृष्टिविहीन र अपाङ्गता भएकाले उत्पादन गरेको फिनेल, हार्पिक, अगरबत्ती, कुचोजस्ता घरायसी सामग्री निषेधाज्ञाका कारण बिक्री गर्न नपाउँदा हाल भोकभोकैपर्ने अवस्था आएको कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सिर्जना बरालले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया