आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न मोदी इनर्जीले डाक्यो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - मोदी इनर्जी कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । 

साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा भदौ २ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा दिउँसो ३ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित साथै कम्पनीले ॠण लिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया