एजेन्सी - अभिनेता सैफ अली खान, करिना कपुर एकपटक पुनः आफ्नो फिल्ममका कारण नभई, छोराका नामका कारण चर्चामा छन् ।
करिना कपुर खानले यो वर्ष फेब्रुअरीमा आफ्नो कान्छो छोरा जन्माएकी थिइन् । कान्छो छोराको नाम ‘जेह’ राखिएको बताइन्थ्यो ।
करिना कपुरको हालै रिलिज भएको किताब ‘करिना कपुर खान– प्रेग्नेन्सी बाइबल’ मा जेहको नयाँ नाम सार्वजनिक गरिएको केही खबरमा दाबी गरिएको छ । यो किताबलाई फिल्म निर्माता करण जोहरसँग करिना कपुरले इन्स्टाग्राम लाइभको क्रममा रिलिज गरिन् ।
केही मिडिया रिपोर्टमा करिनाको किताबमा जेहो पूरा नाम जहांगीर लेखिएको बताइँदै छ । यद्यपि, करिना र सैफको तर्फबाट यसबारे कुनै प्रतिक्रिया वा जानकारी दिइएको छैन । जहांगीर नामको अर्थ हो – संसारमा राज गर्ने व्यक्ति ।
साथै नायिका करिना कपुर खानले अब फिल्म निर्माण हात हाल्ने भएकी छन् । उनले वास्तविक जीवनमा आधारित ‘थ्रिलर’ फिल्मको निर्माण गर्ने घोषणा समेत गरेकी छन् ।
फिल्मको नाम हालसम्म सार्वजनिक नगरिएपनि करिनाले निर्माण गर्ने फिल्मको निर्देशन हंसल मेहताले गर्ने जनाइएको छ । उनले यो फिल्म एकता कपुरसँग मिलेर निर्माण गर्न लागेकी हुन् ।
प्रतिक्रिया