काठमाडौं, साताको चौथो दिन (बुधवार) बजार खुलेको सवा दुई घण्टाको अवधिमा यू पाँच कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ
यूनियन लाइफ इन्स्योरेन्स, एनआईसी एशिया ब्यालेन्स फण्ड,नबिल इक्विटी फण्ड,सेन्ट्रल फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ५६ हजार १७५ कित्ता खरीद माग रहेको छ ।
त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फण्डको ४ लाख ४१ हजार २०० इकाई,नबिल इक्विटी फण्डको ३ लाख ९२ हजार ६३ इकाई,सेन्ट्रल फाइनान्सको ३ लाख ६५ हजार ८८८ कित्ता र जीवन विकास लघुवित्तको ३ लाख ४९ हजार ७१९ कित्ता शेयर खरीद माग रहेको छ ।
प्रतिक्रिया