एजेन्सी – ४६औं संस्करणको युइएफए सुपर कपको फाइनल खेल आज राति हुँदैछ । नेपाली समय अनुसार खेल आज राति १२ः४५ बजेदेखि प्रारम्भ हुँदै छ ।
खेलमा उपाधिको लागि चेल्सी र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदै छ । इङ्लिश क्लब चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो । उसले सिटीमाथि जीत निकाल्दै उपाधि जितेको थियो ।
स्पेनको क्लब भिल्लारियल भने यूरोपा लिगको विजेता टिम हो । भिल्लाले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा १०–११ गोलको जितसहित उपाधि उचालेको थियो ।
म्यानचेस्टर क्लबलाई फाइनलमा हराएर उपाधि जितेका दुबै टोलीले आज आयरल्यान्ड सुपर कपको उपाधिका लागि खेल्ने छन् ।
चेल्सीले हालसम्म एकपटक सन् १९९८ मा सुपर कपको उपाधि जितेको छन् । त्यसबाहेक चेल्सी तीन पटक फाइनलसम्म मात्र पुगेको छ ।
भिल्लारियल भने सुपर कपको नयाँ टिम हो ।
प्रतिक्रिया