बार्सिलोनामा मेस्सीले गर्न नसकेका ४ कीर्तिमानी

४ बर्ष अगाडि

एजेन्सी - लियोनल मेस्सीले आफ्नो खेल जीवनका २१ वर्ष बार्सिलोनामा बिताए । त्यसमध्ये १७ वर्ष सिनियर टोलीबाट खेले र २०१८ यता कप्तानी पनि गरे । यसक्रममा उनले धेरै उपाधि जिते, धेरै कीर्तिमान बनाए । 

उनको नाममा बार्साका लागि सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक धेरै ह्याट्रिक गर्ने, सर्वाधिक उपाधि जित्ने, सर्वाधिक एसिस्ट गर्नेलगायत धेरै कीर्तिमान छन् । 

तर, पेरिस सेन्ट जर्माइनबाट खेल्ने सम्झौता गरेका मेस्सी यसक्रममा केही कीर्तिमानको नजिक पुगेर पनि त्यसलाई तोड्न असफल भए । यदी, उनी लामो समय बार्सामा बसेको भए सायद ती कीर्तिमान तोड्न सक्थें । 

१. एकै क्लबका लागि सर्वाधिक उपाधि जित्ने कीर्तिमान म्यानचेस्टर युनाइटेडका रायन गिग्सको नाममा छ । गिग्सले आफ्नो खेल जीवनभर युनाइटेडबाट मात्रै खेले । यसक्रममा उनले ३५ उपाधि जिते । मेस्सीले बार्साबाट ३४ उपाधि जितेका थिए, उनी बार्साका लागि सर्वाधिक उपाधि जित्ने खेलाडी हुन् । यो सुचीमा बार्सिलोनाकै जाभी हर्नान्डेज तेस्रो, आन्द्रेस इनिस्टा चौथो र जेरार्ड पिके पाँचौ स्थानमा छन् । 

२. रियल म्याड्रिडका पाको जेन्टोको नाममा सर्वाधिक १२ पटक ला–लिगा जित्ने कीर्तिमान छ । दोस्रो स्थानमा मेस्सी छन्, उनले १० पटक ला–लिगा जितेका छन् । 

३. युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाबाट सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान जाभी हर्नान्डेजको नाममा छ । उनले १ सय ५१ म्याच खेलेका थिए । दोस्रो स्थानका मेस्सीले १ सय ४९ म्यान खेलेका छन् । 

४. कोपा डेल रे फुटबल प्रतियोगितामा एथलेटिको म्याड्रिडका टेल्मो जाराले सर्वाधिक ८१ गोल गरेका छन् । यो सुचीमा मेस्सी चौथो स्थानमा छन् , उनको नाममा ५६ गोल छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया