पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो ।
मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका हुन् । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ।मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ ।
मेस्सीले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् । नेइमारले पिएसजीमा १० नम्बरको जर्सी लगाउँछन् । यसअघि मेसी क्लबमा आएमा आफ्नो जर्सी उनलाई दिने घोषणा नेइमारले गरेका थिए । तर, मेसी आफ्नो साथी जर्सी खोस्न चाहेनन् र उनले यो प्रस्ताव अस्विकार गरेका थिए । मेसी र नेइमार बार्सिलोनाबाट खेल्दा अति निकट थिए, त्यो मित्रता अहिले पनि कायम छ ।
प्रतिक्रिया