काठमाडौं - नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा आगामी साता देखि कार्यन्यनमा ल्याउने भएको छ ।
अहिले मानुषी लघुवित्तको आईपिओमा आवेदन खुलेकाले अहिलनै यो फिचर थप्दा मेरो सेयरमा केहि समस्या हुनसक्छ भनेर अहिलने नै लन्च नगरेको बताइएको छ ।
हालसम्म ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए ।
यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।
प्रतिक्रिया